Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एसिया प्यासिफिक वकतृत्वकलामा नेपालकी सिजनले मारिन बाजी


काठमाडौं । अप्टीमिस ईन्टरनेशनल द्दारा विश्वव्यापीरुपमा आयोजना भएको एसिया प्यासिफिक क्षेत्रिय वकतृत्वकला प्रतियोगितामा नेपालबाट प्रतिनिधितव गर्दै काठमाडौंकी सिजन कार्की प्रथम भएकी छिन् ।

ईपीएस स्कुल, मिनभवनमा कक्ष १० मा अध्ययनरत छात्रा कार्की करिब १५ राष्ट्रहरुबीच भएको प्रतिष्पर्धामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । उनले क्षेत्रिय प्रतियोगितामा प्रथम भई ५ हजार अमेरिकी डलर राशीको पुरस्कार प्राप्त गरेकी छिन् । ययसअघि नेपाल प्रथम भई क्षेत्रिय प्रतियोगितामा प्रतिनिधित्व जनाएकी कार्कीले नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा पनि २५०० अमेरिकी डलर राशीको प्रथम पुरस्कार हासिल गरेकी थिईन् । यो पुरस्कार अन्तराष्ट्रिय संगठनहरुले नै प्रदान गर्ने गर्दछन् ।

यो सँगै कार्की अब विश्वव्यापी प्रतियोगितामा नेपालसँगै एसियाको तर्फबाट सहभागिता जनाउने छिन् । विश्व प्रतियोगिताको विजय राशी २५ हजार अमेरिकी डलर रहेको छ । जसको नेपाली मुल्य करिब ३२ लाख रुपैंया भन्दा बढी हुन आउँछ । क्षेत्रिय प्रतियोगिता अनलाईन माध्यमबाट सम्पन्न भएको थियो । अप्टीमिस ईन्टरनेशनल परोपकारी संस्था हो । यसको स्थापना सन् १९१९ मा अमेरिकामा भएको हो ।

हाल नेपालमा यसको ४८ वटा कल्बहरु स्थापना भएका छन् । ईन्टरनेशलको नेपाली शाखाका गर्भनर पृथ्वीराज थापा रहेका छन् । त्यस्तै लेप्टीनेन्ट गर्भनर ऋषिश्वर थपलिया रहेका छन् । ईन्टरनेशनलले बालबालिका र युवा क्षेत्र वर्गको सकरात्मक सोच विकासका लागि काम गर्दै आएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?