Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

एसिया प्यासिफिक वकतृत्वकलामा नेपालकी सिजनले मारिन बाजी


काठमाडौं । अप्टीमिस ईन्टरनेशनल द्दारा विश्वव्यापीरुपमा आयोजना भएको एसिया प्यासिफिक क्षेत्रिय वकतृत्वकला प्रतियोगितामा नेपालबाट प्रतिनिधितव गर्दै काठमाडौंकी सिजन कार्की प्रथम भएकी छिन् ।

ईपीएस स्कुल, मिनभवनमा कक्ष १० मा अध्ययनरत छात्रा कार्की करिब १५ राष्ट्रहरुबीच भएको प्रतिष्पर्धामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । उनले क्षेत्रिय प्रतियोगितामा प्रथम भई ५ हजार अमेरिकी डलर राशीको पुरस्कार प्राप्त गरेकी छिन् । ययसअघि नेपाल प्रथम भई क्षेत्रिय प्रतियोगितामा प्रतिनिधित्व जनाएकी कार्कीले नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा पनि २५०० अमेरिकी डलर राशीको प्रथम पुरस्कार हासिल गरेकी थिईन् । यो पुरस्कार अन्तराष्ट्रिय संगठनहरुले नै प्रदान गर्ने गर्दछन् ।

यो सँगै कार्की अब विश्वव्यापी प्रतियोगितामा नेपालसँगै एसियाको तर्फबाट सहभागिता जनाउने छिन् । विश्व प्रतियोगिताको विजय राशी २५ हजार अमेरिकी डलर रहेको छ । जसको नेपाली मुल्य करिब ३२ लाख रुपैंया भन्दा बढी हुन आउँछ । क्षेत्रिय प्रतियोगिता अनलाईन माध्यमबाट सम्पन्न भएको थियो । अप्टीमिस ईन्टरनेशनल परोपकारी संस्था हो । यसको स्थापना सन् १९१९ मा अमेरिकामा भएको हो ।

हाल नेपालमा यसको ४८ वटा कल्बहरु स्थापना भएका छन् । ईन्टरनेशलको नेपाली शाखाका गर्भनर पृथ्वीराज थापा रहेका छन् । त्यस्तै लेप्टीनेन्ट गर्भनर ऋषिश्वर थपलिया रहेका छन् । ईन्टरनेशनलले बालबालिका र युवा क्षेत्र वर्गको सकरात्मक सोच विकासका लागि काम गर्दै आएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?