काठमाडौं। अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुको रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन जस्तो देखिने धातु सहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८
काठमाडौं। नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्
काठमाडौं। अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाँउपालिका-९ घर भई काठमाडौं बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् । बेटिङ एप्लिकेशन मार्फत
काठमाडौं। कामनपा -२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित
धनुषा। आफ्नै श्रीमती २३ वर्षीया संगिता ठाकुरको हत्या गरेको अभियोगमा धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । देवलालले गजबार प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी उमाप्रेमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ
कैलाली। आफ्नै दाई ३५ वर्षीय लाल बहादुर बोहराको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना दिपनगर टोल बस्ने ३० वर्षीय प्रकाश बोहरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रकाशले विवादको क्रममा कैंची प्रहार गर्दा गम्भीर घाइते भएका लाल बहादुरको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ
काठमाडौँ ।नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन् । ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने बताए । उनले पर्यटकीय
सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिष्णुपुर गाउँपालिका-१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अकलेशले ती बालिकालाई सोही गाउँपालिका-७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस
काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले साइबर अपराध मुद्दामा एक युवकलाई कैद र जरिवाना गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका घर भएका महेश सिंह कोट्टारीलाई एक महिना कैद र २० हजार रुपैयाँ पीडित युवतीलाई क्षतिपूर्तिवापत भराउने फैसला भएको हो। कोट्टारी र पीडित युवतीबीच फोन, म्यासेञ्जरलगायतका सामाजिक सञ्जालबाट कुराकानी हुने गरेको थियो ।
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने बिनौद पौडेल पक्राउ परेका छन् । एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । मानव