Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । सिआईबीको डिएसपी हुँ भन्दै ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटार बस्ने सूर्यविनायक नगरपालिका-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अनिलले आफू सिआईबीको डिएसपी हुँ भनि जबरजस्ती करणीको मुद्दा मिलाई दिन्छु भनि ८ लाख ४० हजार रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो ।

उनी उपर ठगी गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?