Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी छः प्रहरी महानिरीक्षक थापा


काठमाडौँ। प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् ।

बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताए । त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताएका छन् । सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको बताए । लागुऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको बताए । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ.व.मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए ।

उनले भने, ‘काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेका छौँ । हामीले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा हामीले लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर जाँदैछौँ । सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी हामी नियन्त्रण गर्नसक्छौँ । डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर हामीले कार्यक्रम बनाउन जरुरी छ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ.व.मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ ।’

उनले लागुऔषधको न्युनिकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताए । लागुऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको बताएका छन् ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?