काठमाडौँ। पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुरमा नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमण लगाएतका विषयमा छलफल गर्दै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको डिआईजीस्तरिय समन्वयात्मक बैठक सम्पन्न भएको हो । वसन्तपुरस्थित लुम्बिनी केबलकारको
कपिलवस्तु। मायादेवी गाउँपालिका-६ बाट स्रोत नखुलेको नगद १५ लाख ७० हजार रूपैयाँ सहित सोही गाउँपालिका-७ हर्नामपुर बस्ने ३० वर्षीय निरज कुमार मिश्रलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
काठमाडौं। सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-८ धुले बेसी घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेका छन् ।
काठमाडौँ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् । बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राखेका छन् ।
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।
काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरीतर्फ सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले २५ जना एसपीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
कैलाली। बर्दगोरिया गाउँपालिका-३ खैरेनी बस्ने ३४ वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्री समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ५५ रूपैयाँ र १० थान मोवाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस २६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक
काठमाडौँ । मकवानपुरको हेटौँडाबाट १०१ केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट डीएल १३ सी १५६१ को कारलाई रोकी जाँच गर्दा १०१ किलो गाँजा सहित कार चालक वीरगञ्ज महानगरपालिका-२६ का राजन रारुतलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुनसरी। धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको