Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष वयकमाथि प्रहरीद्धारा हातपात, कारबाही गर्न अनेरास्ववियुको माग !


काठमाडाैं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेता तथा अस्कल क्याम्पस मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकमाथि हातपात भएको छ ।बुधबार राती ७ बजे तिर नेपाल प्रहरीको प्रतिनिधि हुं भनेर कल गर्दै अस्कल होस्टल बाहिर आउनु ऋक्क्ष्त् को फर्म भर्नु छ भनि बोलाएर अस्कल होस्टेल बाहिरबाट उठाएर सोधपुछ गर्नु छ भनि विनाकसुर हतकडि लगाएर दरबारमार्ग वृतको प्रहरीले टोखामा लगेर विभिन्न आरोप लगाउँदै कुटपिट भएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज एक विज्ञप्ति जारी गर्दै बयललाई विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनि धम्कि दिँदै नाक, मुख, आखा सुन्निने गरि कुटपिट गरिएको जानकारी गराएका छन् । घाइते भएका बयलको वीर अस्पतालमा चेकजांच गराएर राती २ बजे डिस्चार्ज गरिएको छ ।‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ । तत्काल यसको छानबिन गरी दोसीहरुलाई कार्बाही गर्न जोडदार माग गर्दछौं । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रिन संगठन बाध्य हुने चेतावनी यसै विज्ञप्ति मार्फत दिन चाहन्छौं’ बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?