Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष वयकमाथि प्रहरीद्धारा हातपात, कारबाही गर्न अनेरास्ववियुको माग !


काठमाडाैं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेता तथा अस्कल क्याम्पस मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकमाथि हातपात भएको छ ।बुधबार राती ७ बजे तिर नेपाल प्रहरीको प्रतिनिधि हुं भनेर कल गर्दै अस्कल होस्टल बाहिर आउनु ऋक्क्ष्त् को फर्म भर्नु छ भनि बोलाएर अस्कल होस्टेल बाहिरबाट उठाएर सोधपुछ गर्नु छ भनि विनाकसुर हतकडि लगाएर दरबारमार्ग वृतको प्रहरीले टोखामा लगेर विभिन्न आरोप लगाउँदै कुटपिट भएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज एक विज्ञप्ति जारी गर्दै बयललाई विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनि धम्कि दिँदै नाक, मुख, आखा सुन्निने गरि कुटपिट गरिएको जानकारी गराएका छन् । घाइते भएका बयलको वीर अस्पतालमा चेकजांच गराएर राती २ बजे डिस्चार्ज गरिएको छ ।‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ । तत्काल यसको छानबिन गरी दोसीहरुलाई कार्बाही गर्न जोडदार माग गर्दछौं । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रिन संगठन बाध्य हुने चेतावनी यसै विज्ञप्ति मार्फत दिन चाहन्छौं’ बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?