झापा । कनकाई नगरपालिका-४ स्थित भित्री सडक खण्डमा गए राति प्रहरीले चार राउण्ड हवाई फायर गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए ।
प्रहरीले रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरूमाथि गोली चलाउनु परेको प्रहरीले बताएको छ। उनीहरूको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुँगुर ६३ मिलिग्राम फेला छ।
प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रण लिने क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार