Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ठमेलमा ड्युटीमा रहेका प्रहरी कुट्ने दुई पक्राउ ! एमाले ग्याङका अन्यकाे खाेजी तीब्र


काठमाडौं। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल र डडेलधुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी ठेगाना भई हाल लैनचौर नै बस्ने २२ वर्षीय रमेश फुलारा रहेका छन्।

उनीहरूलाई आइतबार काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रबाट पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी, एसपी अपीलराज बोहराले जानकारी दिए ।

उनीहरूले माघ २४ गते काठमाडौंको ठमेलस्थित सार्वजनिक सडकमा ५/६ जनाको समूहमा होहल्ला गर्दै हिँडिरहेका बेला प्रहरी वृत्त दरबारमार्गको क्यूआरटी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीमाथि जाइलागेका थिए । उनीहरूले प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।


प्रकाशित मिति: २७ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?