काठमाडौँ। गैरआवासी नेपाली संघ (एनआरएन)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ । जेन–जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । काठमाडौंको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन–जी आन्दोलनको क्रममा
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन् । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले ‘राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको
काठमाडौँ । नेपाल प्रहरीले देशभरका प्रहरी निरीक्षकहरूको ठूलो स्तरको सरुवा गरेको छ। प्रधान कार्यालयले एकैपटक ६६५ जना इन्स्पेक्टरलाई नयाँ जिम्मेवारी तोकेको हो। मानव स्रोत विकास विभागको असोज २८ गतेको निर्णयअनुसार सरुवा सूची सार्वजनिक गरिएको हो। उक्त निर्णयसँगै सरुवा भएका निरीक्षकहरूलाई कार्तिक महिनादेखि नयाँ दरबन्दीबाटै तलब र भत्ता पाउने व्यवस्था गरिएको
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट करिब ११ किलो २ सय ७५ ग्राम अवैध लागूऔषध (गाँजा जस्तो देखिने वस्तु) सहित तीन भारतीय नागरिक आइतबार दिउँसो पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय सलीम इब्राहिम अन्सारी, २४ वर्षीय रिहान मोहद अजाज शेख र ३२ वर्षीया जैनब बासिर रहेका छन्। एयर
काठमाडौं। काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित डेराबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका ३५ वर्षीय छिरिङ (तेन्जिङ) शेर्पा पक्राउ परेका छन्। ४० वर्षीया बिमला तामाङ (अप्सरा कार्की) आइतबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले श्रीमान् शेर्पालाई पक्राउ
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । पछिल्लो राजनीतिक
धनुषा। सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट
काठमाडौँ। गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् । गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गरेका हुन् । कार्यालयको अनुगमन गर्दै उहाँले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताएका छन् । सार्वजानिक तथा
ललितपुर। ललितपुरको नक्खु कारागार प्रशासनले भदौ २४ गते कारागारबाट फरार भएका कैदी तथा थुनुवाको खोजीका लागि आम जनतालाई सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।
काठमाडौँ । हालको असामान्य अवस्थालाई नियन्त्रणमा लिन सरकारले आज भाद्र २५ गते बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरेको छ। परिस्थितिअनुसार आदेश थप लम्ब्याइने वा परिवर्तन गरिनेछ। नेपाली सेनाले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनको आवरणमा तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारसम्मका गतिविधि