काठमाडौँ । नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठामा अन्दाजी ३० वर्षभन्दा कम उमेरकी निशा सुनार मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आएपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले युवतीको शव फेला पारेको हो।
शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार