Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी


सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोनमार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गरिने बताएका छन् । उनले सरकारले चालु आर्थिक वर्र्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको समेत बताएका छन् । उनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनले सीमापार अपराधिक गतिविधि नियन्त्रणको लागि खुला सीमा मुख्य चुनौतीको रुपमा रहेको बताएका छन् ।

उनले भने , ‘धेरै जस्तो सीमावर्ती नाकाहरुमा प्रहरी बस्नको लागि टहरा, जस्ता, भत्किनै लागेको बिल्डिङ, चुहिने छाना छ । अनि प्रहरीले रातभरी ड्युटि गर्नुपर्ने अवस्था छ । यस्तो समस्या प्रहरीले भोगिरहेका छन् । ती समस्याहरु समाधान गर्नको लागि हामीले बल्ल बजेट पाएका छौँ । अस्तिसम्म हामीले पुरानै बजेटले काम गरिरहेका थियौँ । विनियोजित बजेट कार्यान्वयन गर्ने चरणमा अहिले हामी पुगेका छौँ । त्यसकारण सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउनको लागि बोर्डर आउट पोस्ट (बिओपी)हरुमा पूर्वाधार निर्माण गर्ने योजनाहरु यसमा छ । र सीमा सुरक्षामा खटिएको जनशक्तिको सुरक्षाको जिम्मेवारी पनि मैमाथि परेको हुनाले उहाँहरुको सुरक्षा गर्न सकियो भने उहाँहरुले पनि नागरिकको सुरक्षा अझै प्रभावकारि तरिकाले गर्नसक्नुहुन्छ भन्ने मलाई लाग्छ । सीमा अवलोकनको क्रममा हामीले धेरै ठाउँहरुमा ओपन बोर्डरको कारण सीमावार अपराधिक क्रियाकलाप भइरहेको देख्यौँ । यता छेक्दा उता भाग्ने उता छेक्दा यता भाग्ने अवस्था छ । त्यसको लागि समेत उपलब्ध स्रोत र साधनको सदुपयोग गरेर काम गर्नको लागि निर्देशन दिएको छु । यस्ता क्षेत्रमा ड्रोनमार्फत निगरानी गर्न बजेट विनियोजन गरेका छौँ, सीमा नाकामा सीसीटिभीको जडान गरेर फेस रिकोनाइज गर्नेगरी प्रविधिमार्फत सीमाको निगरानी गर्ने कार्यमा लागिरहेका छौँ ।’

उनले सीमा स्तम्भ सुरक्षाको विषयमा समेत आफू गम्भीर रहेको पनि बताएका छन्


प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?