Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’


अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’

काठमाडौँ। नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रवार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिएका छन् । उनकाअनुसार अन्य दश जनामाथि अनुसन्धान जारी छ । उनले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी र क्रिप्टोमार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी गराएका छन् । उनले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तिब्र बनाइएको बताएका छन् ।

उनले भने, ‘काठमाडौंलाई पर्यटकहरुले टुरिस्टिक हबको रुपमा लिने ठमेल, दरबारमार्ग लगायतको क्षेत्रमा एउटा समस्या इस्यु देखियो । त्यहाँ विदेशी महिलाहरु अनैतिक क्रियाकलाप गर्न पाइन्छ भन्ने प्रकारको सोच बनाएर तथा नेपालमा सस्तो जीवनयापन अपर्चुनिटी र नाइट लाइफ छ भनेर पनि आएको देखियो । हामीले स्थानीयको गुनासोको आधारमा विशेष अपरेशन सञ्चालन गरेर ५७ जनालाई पक्राउ ग¥यौं । त्यसमध्ये ४७ जनालाई देश निकाला (डिपोर्ट) गरेर युगान्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या र इन्डोनेसिया पठाइएको छ । १० जनामाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पु¥याउने विचौलियाविरुद्धको अभियानमा प्रहरीले ३०९ जनालाई पक्राउ गरेको छ । तीमध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको छ एसपी भट्टराईले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?