२४ चैत ,विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा सञ्चालन भएको पाँच दिनको प्रविधि विश्लेषण अनुसन्धान तालिम आज यहाँ सम्पन्न भएको छ । यही चैत २० गतेदेखि सञ्चालन भएको सो तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा १४ वटै जिल्ला प्रहरी कार्यालय र सोअन्तर्गत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालयबाट ४० प्रहरी
२४ चैत्र, काठमाडाैँ । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पुर्याइ हमला गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६ मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल रहेका छन् । ब्युरोको
२४ चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने
२४ चैत, काठमाडाैँ । एसईई दिएका विद्यार्थीहरूलाई नेपाल टेलिकमले निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । एसईई अफर-२०७९ अन्तर्गत टेलिकमले निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको हो । विद्यार्थीहरू निः शुल्क पाएको सिममा थप सुविधा समेत पाउनेछन् । टेलिकमले दिएको जानकारी अनुसार सिमकार्ड लिएर एक्टिभेट गर्ने बित्तिकै विद्यार्थीहरूले १० रूपैयाँ
२४ चैत्र, काठमाडाैँ । ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात सो सम्बन्धमा खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी
२४ चैत ,दोधारा चाँदनी । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ । स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो । टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा
२१ चैत्र, काठमाडाैँ । डिजिटल वालेट इ-सेवामा समस्या आएको छ । मंगलबार दिउँसो करीब १ बजेदेखि इ-सेवामा समस्या देखिएको हो । लगइन नहुने, पैसा ट्रान्सफर नहुने लगायतका समस्याहरू देखिएपछि कम्पनीले विज्ञप्ती मार्फत समस्या चाँडै समाधान गर्ने जानकारी दिएको छ ।
२१ चैत्र, एजेन्सी । अष्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् । यसअघि
२१ चैत्र, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो । “क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुने, विप्रेषण आप्रवाहमा प्रतिकूल
२० चैत ,मुस्ताङ । मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो । घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने