Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जुम्ला र कालीकोटमा ‘एनटी फाइबर’ को शुभारम्भ


१३ जेठ, कालिकोट । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन सेवा पुर्याउने उद्देश्यले ‘एनटी फाइबर’ को शुभारम्भ गरिएको हो ।

एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । ‘फाइबर टू द होम’ (एनटी फाइबर) सेवाको हाल उपलब्ध सेवाअन्तर्गत इन्टरनेटका साथै टेलिभिजन, टेलिफोन र मोबाइलमा डाटासमेत चलाउन सकिने उनले बताए ।

एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । कम्पनीले यसअघि कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटिटिएच सेवा उपलब्ध गराइसकेको छ ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?