Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

संस्कृति


आज रातो मच्छेन्द्रनाथको भोटो जात्रा

११ जेठ, काठमाडाैँ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास

काठमाडाैँ उपत्यकामा भोलि सार्वजनिक बिदा

१० जेठ, काठमाडाैँ । भोटो जात्राको अवसरमा सरकारले काठमाण्डाै उपत्यकाका तीन वटा जिल्लामा भाेलि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । भाेलि बेलुकी साढे ४ बजे ललितपुरकाे जावलाखेलमा

मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन

९ जेष्ठ ,जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण

गङ्गा दशहरा स्नान : पाप कट्ने धार्मिक विश्वास

७ जेठ, काठमाडौँ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गादशहरा स्नान मेला सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा शनिबारदेखि नै स्नान गर्न भक्तजन भेला भएका छन् ।

गोसाइँकुण्डमा विशेष मेला सुरु

६ जेष्ठ ,रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ ।गङ्गा दशहरा पर्वअन्तर्गत  आरम्भ  भएको  १० दिने विशेष मेला हेर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन्  । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा

मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै

५ जेष्ठ ,जलेश्वर । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमान्को

आठ सय वर्ष पुरानो ‘तिजी’ पर्व मनाइयो

४ जेष्ठ ,म्याग्दी । मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पहिलेदेखि सुरु भएको ऐतिहासिक र सांस्कृतिक महत्वको पर्व ‘तिजी’ मनाइएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको लोमान्थाङमा मङ्गलबारदेखि सुरु भएको तिजी पर्व बिहीबार सकिएको हो । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पद्मसम्वाको तस्बिर अङ्कित थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा

अपरा (अचला) एकादशी व्रत गरिँदै

२ जेठ, काठमाडाैँ । ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । अपरा (अचला) एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको छ । पुराण–अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसम्पदा प्रदान गर्दछ । यस दिन भगवान् त्रिविक्रमको

राष्ट्रिय महिला ज्योतिष सङ्घले १२औँ स्थापना दिवस मनायो

२८ वैशाख ,काठमाडौँ । ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान र अभ्यासमा महिला सहभागिता बढाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय महिला ज्योतिष सङ्घले १२औँ स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा भद्रकाली मन्दिर परिसरमा पूजा आराधना र दर्शन गरी ज्योतिष क्षेत्रमा महिलाको उन्नति, प्रगतिको कामना गरिएको संस्थापक अध्यक्ष हतिदेवी श्रेष्ठले जानकारी दिईन् ।

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

२५ वैशाख, काठमाडौँ । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँच महिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए । कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी

सम्वन्धित समाचारहरु