Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राष्ट्रिय महिला ज्योतिष सङ्घले १२औँ स्थापना दिवस मनायो


२८ वैशाख ,काठमाडौँ । ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान र अभ्यासमा महिला सहभागिता बढाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय महिला ज्योतिष सङ्घले १२औँ स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा भद्रकाली मन्दिर परिसरमा पूजा आराधना र दर्शन गरी ज्योतिष क्षेत्रमा महिलाको उन्नति, प्रगतिको कामना गरिएको संस्थापक अध्यक्ष हतिदेवी श्रेष्ठले जानकारी दिईन् ।

विसं २०६८ वैशाख २८ स्थापना भएको सङ्घमा हाल पाँच दर्जनभन्दा बढी सदस्य क्रियाशील छन् । ज्योतिष क्षेत्रमा महिलाको परिमाण र परिणाम बढाउन सङ्घले विभिन्न गतिविधि गर्दै आएको छ । सङ्घको कार्य समितिमा हाल नौ जना रहेको जनाइएको छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?