भरतपुर। चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र
सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको बरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादनमा रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले
इलाम । इलामका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ । यस वर्ष उनले रु १० लाखमा बगान बिक्री गरे । लटरम्म फलेका सुन्तला चाख्न, फोटो
काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भन्नुहुन्छ, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा
रामेछाप। रामेछापको शैलुङमा रोजिटा जातको पीबीएस दानाबाट आलुको पूर्वमूल बिउ उत्पादन भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन गरिएको हो । शैलुङमा उत्पादित आलुको बीउ शैलुङ क्षेत्र बाहेक रामेछाप जिल्लाका अन्य क्षेत्र र देश भरी नै पठाउने योजनामा स्थानीय किसान लागेका छन् । रोजिटा
सल्लेरी,सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । त्यस्तै, कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबाट मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिएका छन् ।
खोटाङ। कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ जना किसानलाई पुरस्कृत तथा २९ जना किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
पोखरा। बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई हबला दिएर उनले रुख काट्न भनेका हुन् । त्यस्तै, लामाचौर र
मकवानपुर। प्रदेश सरकारले दिँदै आएको अनुदान कटौती गरिएको र ‘मिल्क होलिडे’ समस्या समाधानमा चासो नदेखाएको भन्दै बागमती प्रदेशका दुग्ध उत्पादक किसान आन्दोलित भएका छन् । उक्त आन्दोलित किसानले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडामा सोमबार तालाबन्दी गरेका छन् । त्यस्तै, कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरुको लेभलिङ स्पष्ट रुपमा हुनुपर्ने बताएका छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँगको छलफलका क्रममा बोल्दै मन्त्री रिजालले उपभोग्य वस्तुहरुको ब्राण्डिङ र लेभलिङ स्पष्ट रुपमा हुनुपर्ने बताएका छन् । उनले भने,‘साना स्तरमा घुम्ती व्यवसायहरु