Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

झोलुंगे पुलमा फसेका ९ खच्चडको जीवितै उद्धार, २ को मृत्यु


अछाम । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चडको सकुशल उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको कोइरालाले जानकारी दिए । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो ।

पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।स्थानीय भरत साउदका अनुसार फसेका बाँकी खच्चड निकाल्न झनै जोखिम छ । ‘तार काटेर झारियो भने सीधै मर्ने भए । तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदैछ’, उनले भने ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबिस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । पुलको लट्ठा चुँडिदा दैलेख–अछाम आउजाउ गर्नेसहित विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?