Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कृषि


देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले १६ औँ पञ्चवर्षिय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको दाबी गरेका छन्

सरकारले माटो व्यवस्थापनलाई प्राथमिकता दिएको छः मन्त्री परियार

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । १२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री परियारले माटो तथा मल परीक्षणका लागि केन्द्रिय कृषि प्रयोगशालाले किसानहरुलाई सेवा प्रदान गर्दै आएको समेत बताएका छन् ।

कार्तिकको वर्षातले कृषिमा २ अर्ब ९१ करोड बराबरको क्षति, सात प्रतिशत धान उत्पादन घट्ने

काठमाडौँ। कार्तिकमा आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको अध्ययनले देखाएको छ । गत असोज १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको हो ।

‘वनको रुख काट्नु भन्दा मान्छे काट्नु सजिलो’: मन्त्री घिसिङ

काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले वन जंगलबारे बनाइएका कडा कानूनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताएका छन् । उनकाअनुसार वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा

बगरखेतीले उकास्यो जीवनस्तर (फोटो फिचर)

बर्दिया। बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन् । त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन् । नदीको बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर

चाडपर्वमा कृषि उपजसँगै औद्योगिक उत्पादन प्रवर्द्धन गर्दै साल्ट ट्रेडिङ

काठमाडौँ। चाडपर्वको बेलामा नागरिकलाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि उपजसँगै स्वदेशी औद्योगीक उत्पादन प्रवद्र्धन गरेको छ । दशैँ तिहारमा आफ्नो विक्री केन्द्रमा स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई आफ्ना विक्री केन्द्रहरुमा राखेको छ भने नेपालमै उत्पादित औद्योगीक वस्तुहरुको स्टलहरुलाई केन्द्रीय कार्यालयमा निःशुल्क स्टल राख्न दिएर प्रवद्र्धन

नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छः कृषिमन्त्री परियार

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताएका छन् । ४५ औँ खाद्य दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको उनले बताएका छन् । भोकमरी सूचाङ्कमा सन् २००० मा ३७ अंक प्राप्त

किसान भन्छन्ः देशमै पर्याप्त फूल छ, तिहारमा आयात गर्नुपर्ने अवस्था छैन

काठमाडौँ। नेपालीहरुको महान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तिब्र रुपमा बढेको छ । झिलीमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ । अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरुमा प्रयोग

उखु किसानको प्रोत्साहन रकम घटाइयो: ७५ रुपैयाँको साटो ७०, गतवर्ष त आधा मात्रै भुक्तानी !

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन्  । मन्त्रालयमा बुधवार भएको कृषि पत्रकारहरुसँगको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले किसानलाई प्रतिक्वीन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि

कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि

काठमाडौँ। गत शनिवार र आईतवारको अविरल वर्षाले तरकारी तथा हरियो सागको आपूर्ति प्रभावित हुँदा काठमाडौंको कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । अविरलको वर्षासँगै पहिरो खस्दा उपत्यकासँग छिमेकी जिल्लाको सडक नेटवर्क अवरुद्ध हुँदा तरकारी भित्रिन नपाएको हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको

सम्वन्धित समाचारहरु