Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

सिंहदरबारमा सुलभ मूल्यको खाद्य विक्री कक्ष सञ्चालन, १४२ प्रकारका सामग्री उपलब्ध


सिंहदरबारमा सुलभ मूल्यको खाद्य विक्री कक्ष सञ्चालन, १४२ प्रकारका सामग्री उपलब्ध

काठमाडौँ। सिंहदरबार परिसरमा सुलभ मूल्यको खाद्य विक्री कक्ष शुरु गरिएको छ ।

बिहीबार मन्त्रालय परिसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सुलभ मूल्यको खाद्य विक्री कक्षको उद्घाटन गरेकी छिन् । विक्री कक्षको समुद्घाटन गर्दै मन्त्री कुमारीले यस केन्द्रबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कार्यका लागि आउने सेवाग्राहीहरू लाभान्वित हुने विश्वास व्यक्त गरिन् । उनले कर्मचारीहरूले कार्यालय समयपछि घर फर्कने क्रममा सहजै किनमेल गर्नसक्ने भएकाले यसबाट समयको वचत हुने र व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने बताएकी छिन् । उनले सिंहदरबार प्रवेश गर्ने सबैलाई एकपटक विक्री कक्षको अवलोकन गर्न र सेवा लिन आग्रह समेत गरेकी छिन । मन्त्री कुमारीकाअनुसार हाल यस्ता विक्री कक्षहरू विभिन्न पाँच स्थानमा सञ्चालनमा रहेका छन् । आगामी दिनमा यस सेवालाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिँदै उनले निजी क्षेत्रको भाटभटेनी जस्ता सुपरमार्केटहरूमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको बताइन् ।

मन्त्री कुमारीले भनिन् , ‘यहाँ दैनिक उपभोग्य १४२ प्रकारका खाद्य सामग्रीहरू उपलब्ध छन् । दुग्ध विकास संस्थान (डीडीसी) को विक्री केन्द्र पनि नजिकै रहेकाले उपभोक्तालाई आवश्यक सबै सामग्री एकै स्थानबाट खरिद गर्न सहज हुनेछ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सिंहदरबार परिसरभित्र सहुलियत मूल्यको खाद्य विक्री कक्ष सञ्चालनमा ल्याएको हो । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कार्यालय समयपछि खाद्यान्न खरिद गर्न कठिनाइ हुने कर्मचारी तथा सेवाग्राहीहरूको ठूलो मागलाई सम्बोधन गर्दै सम्बन्धित मन्त्री र सचिवको निर्देशनमा यो सेवा शुरु गरिएको बताएका छन् । विक्री कक्षको उद्घाटन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत लम्सालले देशभरका १ सय ९३ स्थानबाट कम्पनीले सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइरहेको जानकारी दिएका छन् । उनकाअनुसार कम्पनीसँग उपलब्ध रहेका विभिन्न प्रकारका खाद्यान्नमा प्रतिकिलोग्राम ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा सेवाको पहुँचबारे उठेका प्रश्नको स्पष्टीकरण दिँदै लम्सालले कर्णालीका सबै जिल्ला र स्थानीय तहहरूमा सम्झौतामार्फत विक्री केन्द्रहरू सञ्चालनमा रहेको बताएका छन् ।

कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गर्ने र उपभोक्ताहरूलाई सहुलियत दरमा उपलब्ध गराउने गरी दोहोरो भुमिका निर्वाह गरिरहेको दाबी गरेको छ । कोरोना महामारीको समयमा शुरु गरिएको ‘होम डेलिभरी’ सेवा हाल पनि विशेष परिस्थितिमा उपलब्ध रहेको तर उपभोक्ताहरूले स्वयं उपस्थित भएर सामान रोजेर लिन बढी रुचाएको लम्सालको भनाइ छ । सरकारको पछिल्लो सक्रियतापछि दुग्ध विकास संस्थान (डिडिसी) झैँ खाद्य व्यवस्था कम्पनीले पनि आफ्नो सेवा विस्तारमा तिब्रता ल्याएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेको छ । निमित्त प्रमुख लम्सालले आम उपभोक्ताहरूलाई कम्पनीद्वारा उपलब्ध गराइएका खाद्य तथा गैर–खाद्य वस्तुहरूको सेवा लिन आह्वान समेत गरेका छन् ।

 


प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?