३ भदाै, स्याङ्जा । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ। पुतलीबजार नगरपालिका– ११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो। उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ। अर्यालको फार्ममा सुन्तला बगैँचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला
३ ,भाद्र ,काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले धान आयात रोक्न जमिन बाँझो राख्न नहुने बताएका छन् । देशभर खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर बाँझो रहेको उल्लेख गर्दै उनले ती जमिनको उपयोग गर्नुपर्ने बताए । समाजवादी सहकारी सङ्गठन नेपालको बागमती प्रदेशस्तरीय भेलामा मन्त्री भुसालले
१ भदाै, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन्। भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्। भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्किएक उनले
३२ ,श्रावण ,काठमाडौँ । मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँग समन्वय गरिरहेको जनाएको छ
३२ श्रावण, रूकुम । पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको थियो ।
३२ श्रावण, बागलुङ । बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले मकैबाली नष्ट भएपछि फारमसहित जीवन घर्तीलगायत बाँयचौर गाउँका सबै किसानको मकैबाली नष्ट भएको भएको छ ।
३२ श्रावण, पोखरा । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन् ।
३१ श्रावण, भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो
३० श्रावण, चितवन । जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए । उनका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार
३० श्रावण, चितवन । नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उनले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छन्। उनले मासिक रु एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् । झन्डै डेढ करोडको लगानीमा