Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

इच्छाकामनामा सुन्तला महोत्सव हुने


मुग्लिन। चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो । यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ भने सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि ५ दिनसम्मको महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउदै सो महोत्सवका लागि किसानसँगै छलफल गरिरहेको जानकारी समेत दिएका छन् ।

अध्यक्ष गुरुङले भने, “महोत्सवको तयारीका लागि किसानसँग छलफल गरिरहेका छौँ, महोत्सवले इच्छाकामनाको सुन्तलाको प्रचारप्रसार एवं बजार प्रवद्र्धन गर्न सहयोग पुग्छ ।” गाउँपालिकाको वडा नं ३ स्थित माझगाउँ, सिरानगाउँ, तोक्दाङ, ढाप, डुडेलगायत गाउँका करिब तीन सय बिघा भन्दाबढी जग्गामा सुन्तला खेती हुने गरेकाले महोत्सव गर्न लागिएको हो ।

उक्त महोत्सवमा पाहुनालाई आकर्षण गर्न बोटमै टिपेर सुन्तला खानपाउने, सुन्तला कसले धेरै खाने प्रतियोगिताका साथै बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिने जस्ता क्रियाकलाप गरिने उनले बताए ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?