Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सुन्तला उत्पादन बढ्यो, किसान उत्साहित


धरान। सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि बजारमा मूल्य गत वर्षकै जस्तो छ । यतिबेला धनकुटाका खोकु, बुधुक, भोजपुरलगायत ठाउँबाट किसानले धरानस्थित कृषिउपज बजारस्थलमा सुन्तला ल्याइरहेका छन् ।

त्यस्तै, कात्तिक १५ यतामात्र दुई हजार मेट्रिकटन सुन्तला बिक्री भइसकेको छ भने अझ पुसमा सबैभन्दा धेरै सुन्तला आउने अनुमान गरिएको छ । किसानले यसपटक बारीमा सुन्तला धेरै फलेकाले पुसमा ठूलो परिणिाममा सुन्तला बजारमा आउने बताएका छन् ।

धरान बजारमा अहिले सुन्तलाको मूल्यप्रतिकेजी रु एक सयदेखि रु एक सय २० सम्म छ भने मौसमअनुसार सुन्तलाको मूल्य घटबढ हुने गर्छ । घाम लागेको बेला सुन्तलाको मूल्य वृद्धि हुने र नलागेको दिन घट्ने व्यापारीको भनाइ छ । यसपटक केही दिनअघि घाम नलाग्दा कृषिबजारमा प्रतिकेजी रु ८० सम्ममा किनबेच भएको थियो भने यसपटक पनि बजारमा गत वर्षकै हाराहारी मूल्यमा सुन्तला किनबेच भइरहेको छ ।

त्यसैगरी, कृषिउपजबजार स्थलको तथ्याङ्कअनुसार गत वर्ष पूर्वी पहाडका विभिन्न जिल्लाबाट धरानमा सात हजार मेट्रिकटन सुन्तला खरिद बिक्री हुँदा रु ७० करोड हाराहारीको कारोबार भएको थियो । यसपटक पहाडी क्षेत्रमा सुन्तलाको उत्पादन बढेकाले साढे आठ हजार मेट्रिकटन कृषि बजारमा आइपुग्ने र त्यसबाट करिब रु एक अर्बबराबरको कारोबार हुने अनुमान गरिएको कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताएका छन् ।

पूर्वी पहाडको धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर र खोटाङसम्मका सुन्तला धरानको कृषिउपज बजारस्थल आइपुग्छन् । धनकुटा क्षेत्रका सुन्तला प्रायःकिसान आफैँले बजारसम्म ल्याए पनि अन्य क्षेत्रका एजेन्टले बजारसम्म ल्याउने गरेका छन् भने उनीहरुबाट थोक व्यापारी र त्यहाँबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म सुन्तला पुग्ने गरेको छ ।

त्यस्तै, धरानबाट व्यापारीले पूर्वी तराईका बजारहरु इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमकदेखि मधेस प्रदेशका विभिन्न जिल्लासम्म पु¥याउने गरेका छन् । पूर्वी पहाडका रसिला सुन्तला अनौपचारिकरुपमा व्यापारीले भारतका बजारसम्म पनि पुर्‍याउने गरेका छन्, तर औपचारिकरुपमा भारत लैजाने बाटो खुलेको छैन । त्यसका लागि भारतस्थित महावाणिज्यदूतावासको सहयोग लिएर भारतीय बजारमा सूचीकृत गर्नसके पूर्वी पहाडका किसानले राम्रो आम्दानी गर्नसक्ने कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

उनले भने, “हालसम्म सूचीकृत गर्ने काम भएको छैन । त्यसका लागि व्यापारी व्यवसायी र सरकारले पनि चासो दिनसके देशलाई फाइदा हुन्छ ।”


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?