Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उपभोग्य मिति उल्लेख नगरी दूध बिक्री गर्ने डेरीलाई ३ जाख जरिवाना


काठमाडौं। दुग्ध पदार्थमा लेबल उल्लेख नगरेको कसुरमा एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । उपभोक्ता संरक्षण ऐनअनुसार अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्छ,तर उक्त डेरीले सो नियम पालना नगरेको विभागले जनाएको छ ।

त्यस्तै, लेबलबिनाकै बजार पठाउन लागिएको त्यस्तो दूधलाई नष्ट गरिएको समेत विभागले जनाएको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?