Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

स्वाश्थ्य


स्तरोन्नति हुँदै निजामती अस्पताल

९ जेष्ठ ,काठमाडौँ । निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने भएको छ । अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले चाँडै नै दुई सय ५० शय्या सञ्चालन गरेर अस्पताललाई स्तरोन्नति गरिने जानकारी दिए । अस्पतालमा हाल एक सय ३२ शय्या सञ्चालन रहेको छ । “सबै संरचना

भक्तपुर अस्पताल सर्वोत्कृष्ट

९ जेठ, भक्तपुर । भक्तपुर अस्पताल यस वर्ष सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको हो । स्वास्थ्य मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कन अनुसार भक्तपुर अस्पतालले सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी देशभरका

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

९ जेष्ठ ,मनहरि । मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो । सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले

गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिनेछ : मन्त्री जोशी

८ जेठ, काठमाडाैँ । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताएका छन् । मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

८ जेष्ठ ,बलेवा । पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार

कम हुँदै कोरोना भाइरस सङ्क्रमित

७ जेष्ठ ,काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ । यही जेठ ६ गते १४

इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु

७ जेष्ठ ,चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ । गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम

सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

७ जेठ, भक्तपुर । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको सरकारी मूल्यांकन टोलीले गरेको मूल्यांकनअनुसार प्राप्त अंकका आधारमा भक्तपुर अस्पताल सबैभन्दा

दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

७ जेष्ठ ,जाजरकोट । जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त सङ्कलन केन्द्रको भवन निर्माण

घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

७ जेष्ठ ,ढोरपाटन । पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्य छ । नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्यमा झरेको हो । नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने

सम्वन्धित समाचारहरु