Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’


१६ जेठ, तनहुँ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ ।

विभिन्न प्रकारका संक्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्‍याई उत्पादन वृद्धिमा कार्यक्रम प्रभावकारी बनेको छ ।

तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

केन्द्रले हालसम्म ३ लाख ५६ हजार ८३५ पशुवस्तुलाई खोप लगाइएको उनले बताए । कार्यक्रमअन्तर्गत पीपीआर २ लाख ३१ हजार ८२२, खोरेत ९३ हजार २१५, चरचरे भ्यागुते ४७ हजार ४८४, स्वाइन फिवर ६१ हजार ९०४, रेबिज १४ हजार ३१७ खोप लगाइएको उनले बताए ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?