Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’


१६ जेठ, तनहुँ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ ।

विभिन्न प्रकारका संक्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्‍याई उत्पादन वृद्धिमा कार्यक्रम प्रभावकारी बनेको छ ।

तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

केन्द्रले हालसम्म ३ लाख ५६ हजार ८३५ पशुवस्तुलाई खोप लगाइएको उनले बताए । कार्यक्रमअन्तर्गत पीपीआर २ लाख ३१ हजार ८२२, खोरेत ९३ हजार २१५, चरचरे भ्यागुते ४७ हजार ४८४, स्वाइन फिवर ६१ हजार ९०४, रेबिज १४ हजार ३१७ खोप लगाइएको उनले बताए ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?