Trending
>>   सर्पले टोकेर एक युवतीको मृत्यु >>   नवराज सुवेदीको प्रतिक्रिया : अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारे >>   जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   मौद्रिक नीति पछि पहिलो पटक ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने >>   भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिनः सभामुख घिमिरे >>   आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीमा काठमाडौंमा शोभायात्रा >>   टेक्सास बाढी अमेरिकी इतिहासकै घातक प्राकृतिक प्रकोप >>   नेपाल र नेपाली जीवित रहेसम्म भानुभक्तको महत्व रही रहन्छः शिक्षामन्त्री पन्त >>   वेस्ट बैंक विध्वंसले दशौं हजार विस्थापित
Logo
२९ असार २०८२, आईतवार
२९ असार २०८२, आईतवार

स्वाश्थ्य


ओसिएमसी ः ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए

कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत वर्ष १९ र चालु वर्षको अहिलेसम्म २७ महिलाले उपचार सेवा लिएका छन्

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानबाट आएका वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले आँखाको ज्योति गुमाएर बसेका व्यक्तिको

केन्द्रीय कार्यालयका सुरक्षागार्डको उपचार खर्च कांग्रेसले व्योहोर्ने

काठमाडौंः काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षागार्डका रूपमा कार्यरत बिरबहादुर गुरुङको उपचार खर्च कांग्रेसले व्योहोर्ने भएको छ । कांग्रेस कार्यालयका सचिव प्रेम केसीले ब्लड क्यान्सर पिडित राईको सम्पूर्ण उपचार खर्च कार्यालयले व्योहोर्न जानकारी दिए । सैनिक अस्पत्ताल छाउनीमा उपचार भइरहेको केसीले जानकारी दिए । विगत ८ दिनदेखि उपचाररत राइको उपचारमा झण्डै

निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आउनुभएको छ । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उहाँले समाजसेवीको

बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित

जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहँुदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल भएको छ । स्वास्थ्य बीमाबापतको रु ५६ लाखभन्दा बढी पाउन बाँकी हुँदा जिल्ला अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराएको हो । जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र

स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या

बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या भएको छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै छ । विसं २०७२ कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन प्रालिले १८ महिनामा सक्ने गरी भवन निर्माणको जिम्मा लिएको थियो । अहिले वर्षौं पुरानो जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको

रामपुरमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा

रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मङ्गलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो । आफ्नै गाउँको अस्पतालमा

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनमा ल्याएको उक्त चिकित्सालय बजेट अभावले समस्यामा छ । गत वर्ष असोजदेखि बिरामी भर्ना गरेर सेवा दिने तयारी भए पनि आन्तरिक र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव भएपछि

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको

सम्वन्धित समाचारहरु