Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिनः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् ।

आईतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल मात्र नभइ आज दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए । संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण भएको जिकिर गरे । भानु जयन्तीमा नेपालीहरुले आफ्नो संस्कृति र भाषाको महत्वलाई अझ उजागर गर्दै लैजानुपर्ने उल्लेख गरे । भानु जयन्ती भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित चाड भएको बताए ।

सभामुख घिमिरेले भने, ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो । नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो । त्यो उत्सवमा भानु जयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ । किनभने त्यो चाड भाषासँग सम्बन्धित चाड हो । संस्कृति र पहिचानको महान चाड हो ।’

सभामुख घिमिरेले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?