Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

नेपाल र नेपाली जीवित रहेसम्म भानुभक्तको महत्व रही रहन्छः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रही राख्ने बताएका छन् ।

आईतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भानु जयन्ती मनाउनको मुल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु रहेको बताए । उनले जुन बेलासम्म नेपाल, नेपाली, नेपाली भाषा रहन्छ तबसम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहने बताए । उनले हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न नसक्ने र आफ्नो कालखण्डलाई नेतृत्व गर्ने बताए । भानुभक्तले पनि साहित्यमा आफ्नो कालखण्डको नेतृत्व गर्नुभएको बताए । आफूले नेपाली भाषाको नेतृत्वको गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व भानुभक्त भएको बताए । भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उनीप्रति श्रद्धा अर्पण गर्नु रहेको बताएका छन् ।

मन्त्री पन्तले भने, ‘भानु जयन्ती मनाउनको मुल तात्पर्य के हो भने हामीले आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु हो । जुन बेलासम्म हामी नेपाली जीवित रहन्छाँै, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यसबेलासम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहन्छ । हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न सक्दैनन्, उनीहरुले आफ्नो कालखण्डलाई नेतृत्व गर्दछन् । त्यो हरेक क्षेत्रमा हुन्छ, साहित्यमा पनि हुन्छ । भानुभक्त आचार्य आफ्नो कालखण्डमा साहित्यको पाटोलाई नेतृत्व गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई सम्झनु भनेको हामी नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु हो ।’

मन्त्री पन्तले विभिन्न भाषाहरु मर्दै गइरहेको बताए । भाषालाई समृद्ध बनाइ र संरक्षण गर्ने चुनौति रहेको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?