Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने


काठमाडौँ। क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वल्र्डवाइडको समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । मन्त्रालयले आईतवार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु (विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण समेत गरेको छ । औषधिहरु असार २७ गते शुक्रवार नेपाल आइपुगेका थिए । सोही दिन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेको थियो ।

औषधि तथा सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका धेरै समस्याहरु रहेको र औषधि पनि महंगो रहेको बताए । साथै उपलब्ध हुन समस्या हुने र विपन्न नागरिकहरु यसको पहुँच बाहिर रहने भएकाले विपन्न नागरिकहरुलाई लक्षित गरी औषधि ल्याइएको बताए । यसले धेरै नागरिकलाई राहत पुर्याउने विश्वास आफ्नो रहेको पनि बताएका छन् । औषधिमा राज्यको कुनै लगानी नरहेको र राज्यको लगानी बिनै नागरिकलाई केही राहत दिनका लागि सरकारले प्रयास गरेको बताए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए । नेपालमा झन्डै ५० लाख मानिसले अस्पताल जानुपर्छ, उपचार सेवा उपलब्ध छ, राज्यले कतिपय रोगको निःशुल्क उपचार गर्दछ भन्नेकुरा नै जानकारी नहुने गरेको बताएका छन् । लक्षित समूहलाई यसबारे बुझाउने गरी काम गर्न जरुरी रहेको बताए ।

मन्त्री पौडेलले भने, ‘क्यान्सरका धेरै समस्याहरु छन् । औषधि महंगो छ । उपलब्ध हुँदैन, विपन्न नागरिकलाई यो कठिन छ । त्यसैले हामीले क्यान्सरको उपचार हुने खासगरी भक्तपुर क्यान्सर अस्पताल, विपी कोईराला क्यान्सर अस्पताल, सुशील कोईराला क्यान्सर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल मुख्य गरी यिनै हुन् । यि अस्पतालहरुमा हाम्रो स्वास्थ्य सेवा विभागमार्फत हामीले यो औषधि उपलब्ध गराउनेछौँ । यसले धेरै नागरिकलाई राहत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ । राज्यको कति पनि लगानी भएको छैन । राज्यको लगानी बिनै नागरिकलाई केही राहत पुर्याउने कोशिस गरेका छौँ ।’

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यि औषधि र स्वास्थ्य सामग्रीहरु चार अस्पतालमा क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइनेछ । मन्त्रालयले सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा यि औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर उपलब्ध गराइने मन्त्रालयले बताएको छ ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?