३ वैशाख, चितवन । जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण
३ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी
२ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको
२ वैशाख, एजेन्सी । बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ । गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार
१ वैशाख ,बैतडी । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले
१ वैशाख, बैतडी । केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम
१ वैशाख, काठमाडाैँ । काठमाडौँको टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता रहने
१ वैशाख, नवलपरासी । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण
३० चैत्र ,लितपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देेशिका, २०७० को दफा २३ मा उल्लेख भएबमोजिम एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सेवा रेडियोलोजिष्टले मात्र गर्न पाउने व्यवस्था रहेको छ । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जीवन बचाउने, हातगोडालगायत आकस्मिक अवस्थाबाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफैँ वा निजको
३० चैत्र ,इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क ल्याब सेवा दिन थालेपछि सेवाग्राहीको आवागमनमा वृद्धि भएको छ । जिल्ला अस्पताल र अन्य निजी अस्पतालमा महँगो रहेको ल्याब सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क सेवा दिएकाले सेवाग्राहीको चाप बढेको हो । इनरुवा नगरपालिकासहित आसपासका बिरामी आउने