Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

महिलासँग उपाध्यक्ष कार्यक्रम : पाठेघरको समस्या बुझ्न गाउँमा पुगे चिकित्सक


२२ जेठ, रूकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पालिकामा प्रजनन समस्या तथा पाठेघरको समस्या भएका महिलाका लागि विभिन्न ठाउँमा स्वास्थ्य शिविर गर्ने भएको छ । आज वडा नम्बर ६ खेतबाट सुरु भएको शिविर विभिन्न ठाउँमा सञ्चालन हुनेछ । पालिकामा पाठेघरको समस्या भएका महिला धेरै रहेको र अस्पतालसम्म सेवा लिन आउनै डराउने भएपछि पालिकाले गाउँमै पुगेर महिलाको स्वास्थ्य जाँच सुरु गरेको हो ।

महिलासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँमै पुगेर प्रजनन तथा पाठेघरमा समस्या भएका महिलाको स्वास्थ्य जाँच तथा परामर्श दिन सुरु गरिएको गाउँपालिका महिला तथा बालबालिका शाखाका बाल संरक्षण अधिकृत मानवीर ओलीले जानकारी दिए । उनका अनुसार गाउँमा पुग्दा प्रजनन समस्या र पाठेघरमा समस्या भएका महिला धेरै भेटिएका छन् ।

पालिका विषेशज्ञ चिकित्सकसहित गाउँमा पुगेको हो । जिल्ला अस्पताल सल्लेका स्त्रीरोग विषेशज्ञ चिकित्सक केहल विक्रम जिसीसहितको टोलीले आज वडा नम्बर ६ खेतमा पुगेर पाठेघरको समस्या भएका महिलाको स्वास्थ्य जाँच गरेको हो । आज ४८ महिलाले सेवा लिएका थिए ।

गाउँपालिकाले जेठ २२ गते चाइना बगरमा, २३ गते काफलकोट र २४ गते पालिका अस्पताल चिन्ने बगरमा शिविर गर्ने गाउँपालिका उपाध्यक्ष कमला रोकाले बताइन् । उनका अनुसार गाउँमा लाजका कारण पनि प्रजनन तथा पाठेघरको समस्या भएका महिला स्वास्थ्य संस्थासम्म पनि जान डराउने, समस्या भन्न नसक्नेलगायतका कारण गाउँमै पुगेर त्यस्ता समस्या भएका महिलाको पहिचान गरी निःशुल्क उपचार सेवा दिइनेछ ।

पाठेघरको समस्या भएको शल्यक्रिया गर्नुपर्ने समस्या भएका महिलाको शल्यक्रियाका लागि पनि पालिकाले पहल गर्ने उपाध्यक्ष रोकाले जानकारी दिइन् । विभिन्न ठाउँमा शिविर सम्पन्न गरेपछि मात्र कति जनालाई विशेष उपचारको आवश्यकता पर्छ भनेर जानकारी आउने र त्यहीअनुसार योजना बनाउने उनको भनाइ छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?