Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

महिलासँग उपाध्यक्ष कार्यक्रम : पाठेघरको समस्या बुझ्न गाउँमा पुगे चिकित्सक


२२ जेठ, रूकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पालिकामा प्रजनन समस्या तथा पाठेघरको समस्या भएका महिलाका लागि विभिन्न ठाउँमा स्वास्थ्य शिविर गर्ने भएको छ । आज वडा नम्बर ६ खेतबाट सुरु भएको शिविर विभिन्न ठाउँमा सञ्चालन हुनेछ । पालिकामा पाठेघरको समस्या भएका महिला धेरै रहेको र अस्पतालसम्म सेवा लिन आउनै डराउने भएपछि पालिकाले गाउँमै पुगेर महिलाको स्वास्थ्य जाँच सुरु गरेको हो ।

महिलासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँमै पुगेर प्रजनन तथा पाठेघरमा समस्या भएका महिलाको स्वास्थ्य जाँच तथा परामर्श दिन सुरु गरिएको गाउँपालिका महिला तथा बालबालिका शाखाका बाल संरक्षण अधिकृत मानवीर ओलीले जानकारी दिए । उनका अनुसार गाउँमा पुग्दा प्रजनन समस्या र पाठेघरमा समस्या भएका महिला धेरै भेटिएका छन् ।

पालिका विषेशज्ञ चिकित्सकसहित गाउँमा पुगेको हो । जिल्ला अस्पताल सल्लेका स्त्रीरोग विषेशज्ञ चिकित्सक केहल विक्रम जिसीसहितको टोलीले आज वडा नम्बर ६ खेतमा पुगेर पाठेघरको समस्या भएका महिलाको स्वास्थ्य जाँच गरेको हो । आज ४८ महिलाले सेवा लिएका थिए ।

गाउँपालिकाले जेठ २२ गते चाइना बगरमा, २३ गते काफलकोट र २४ गते पालिका अस्पताल चिन्ने बगरमा शिविर गर्ने गाउँपालिका उपाध्यक्ष कमला रोकाले बताइन् । उनका अनुसार गाउँमा लाजका कारण पनि प्रजनन तथा पाठेघरको समस्या भएका महिला स्वास्थ्य संस्थासम्म पनि जान डराउने, समस्या भन्न नसक्नेलगायतका कारण गाउँमै पुगेर त्यस्ता समस्या भएका महिलाको पहिचान गरी निःशुल्क उपचार सेवा दिइनेछ ।

पाठेघरको समस्या भएको शल्यक्रिया गर्नुपर्ने समस्या भएका महिलाको शल्यक्रियाका लागि पनि पालिकाले पहल गर्ने उपाध्यक्ष रोकाले जानकारी दिइन् । विभिन्न ठाउँमा शिविर सम्पन्न गरेपछि मात्र कति जनालाई विशेष उपचारको आवश्यकता पर्छ भनेर जानकारी आउने र त्यहीअनुसार योजना बनाउने उनको भनाइ छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?