Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो


२४ जेठ, काठमाडाैँ । गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ ।

पशु सेवा विकासका सूचना अधिकारी डा चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु सङ्क्रमित भएको सूचना आएको जानकारी दिए । नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी दिए । लम्की स्किन रोग न्यूनीकरणका लागि खोप आइसकेको भन्दै उनले सङ्क्रमित नभएका पशुलाई खोप लगाउन किसानलाई आग्रह गरे ।

मुख्यगरी सव सहारन अफ्रिका मध्यपूर्व र टर्कीमा देखिने गरेको लम्पी स्किन रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो । सन् २०१९ पछि दक्षिण एसियाको बङ्गलादेश, भारत र चीनलगायतका देशमा देखा परिसकेको छ ।

विसं २०७७ असार १० गते मोरङ जिल्लामा लम्पी स्किन रोगको लक्षण देखा परेको सूचना अधिकारी ढकाले जानकारी दिए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?