Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा


२० जेष्ठ ,जुम्ला । जुम्लामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ । यहाँ ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने अरु कैयौँ बिरामी छन् । जिल्लाको विशेष गरी कनकासुन्दरी गाउँपालिका–७ स्थित देयारपाटामा यसको प्रकोप बढी मात्रामा देखिएको थियो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सुमाइले सो स्थानका ६१ वर्षीय दिपु उपाध्याको भाइरल ज्वरोबाट मृत्यु भएको जानकारी दिएका छन्। सो क्षेत्रमा भाइरल ज्वरोले ५३ बिरामी परेका र वडाका स्थानीयवासीको उपचारका लागि जनस्वास्थ्य कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली त्यहाँ पुगेको छ ।

उपचारपछि अहिले सबैको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए । उनका अनुसार अहिले ज्वरो नियन्त्रणमा आएको छ । सूचना अधिकारी सुमाइले बिरामी परेका ५३ जनामध्ये आठको अवस्था गम्भीर रहेको र तीमध्येका दुई जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उपचारपछि स्थानीयवासीको स्वास्थ्यमा सुधार आएको र बिरामीको अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ । उनीहरुलाई ज्वरो आउनुका साथै आँखा, टाउको र घाँटी दुख्ने जस्ता लक्षण देखा परेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी सुमाइको भनाइ छ ।

उक्त वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विशाल रोकायासहित जनस्वास्थ्य कार्यालयका चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

कनकासुन्दरीको वडा नं ७ मा एक सय १५ घरधुरी छन् । प्रत्येकको घरघरमै पुगेर स्वास्थ्यकर्मीले उपचार सेवा दिएका कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?