Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

स्वाश्थ्य


धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

२८ जेठ, धनुषा । नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे । सो अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गती हटाएर जनतालाई सहज एवम्

‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिन पर्छ’

२८ जेठ, बाँके । पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान थालिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको

लम्पीस्किनबाट विनयी त्रिवेणी प्रभावित

२८ जेठ, नवलपुर । घरपालुवा पशुचौपायामा प्रमुख स्वास्थ्य समस्याका रूपमा फैलिएको लम्पीस्किन रोगबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ७० गाईभैँसी मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका अनुसार जिल्लामा हालसम्म लम्पीस्किनबाट ४५ गाई, १० बाच्छाबाच्छी, नौ भैँसी, तीन पाडापाडी तथा तीनवटा गोरु मरेका छन् । विज्ञ केन्द्रका प्रमुख डा ऋषभ

गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या

२७ जेठ, चितवन । जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो । कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो । बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उनले

दोस्रो जीवन पाएको खुसी बोकेर फर्किए कलेजो दाता एवं ग्रहणकर्ता दम्पती

२७ जेठ, काठमाडाैँ । केही महिना अगाडिसम्म जीवन कति दिन होला भन्ने चिन्तामा रहेका बाबुराम विश्वकर्मा दम्पती दोस्रो जीवन पाएको खुसी बोकेर आज घर फर्किएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा कलेजो दान गर्ने आफ्नै श्रीमती आशा सुनार र शल्यक्रिया गरेर सफल उपचार गर्ने

कुष्ठरोगीको उपचारका लागि हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर

२७ जेष्ठ ,कास्की । इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ । कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । विसं २०१४ मा कुुष्ठ प्रभावितको स्वास्थ्य समस्या तथा उपचार केन्द्रका

उपचार प्रभावकारी बनाउन अस्पताललाई मन्त्रालयको निर्देशन

२६ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश  र स्थानीय स्तरका अस्पतालमा  परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न

गेटा मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल

२६ जेठ, कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ । अलमलका बीच मेडिकल कलेजलाई विश्व विद्यालयको प्रारूपमा नै सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयवासीले सङ्घर्ष गरिरहेका छन् । सङ्घर्ष समितिको आह्वानमा आज गेटा क्षेत्रमा रहेको अत्तरिया बजार बन्द गर्नुका साथै मेडिकल कलेजको

चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

२६ जेष्ठ ,भक्तपुर । भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउन थालेपछि यहाँका बासिन्दाले निःशुल्क रगत पाउन थालेका हुन् । नेपाल

बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै

२६ जेष्ठ ,बनियानी । झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास गरे । हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीनतले नयाँ भवन बनाउन लागिएको हो । भवन समयमै निर्माण गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान

सम्वन्धित समाचारहरु