Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अस्पतालको सेवा सहज र सर्वसुलभ बनाउन ध्यानाकर्षण


३१ जेष्ठ ,लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आमनागरिकलाई सहज र सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाउन नेकपा (एमाले)ले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।

नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटीको तर्फबाट आज अस्पताल प्रशासनलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै जनताले स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्न माग गरिएको छ ।

एमाले नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजयमानसिंह श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा सुदर्शन थापालाई बुझाएको पत्रमा अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवालाई दुई समयमा सञ्चालन गर्नुपर्ने, सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको विवरण सूचना पार्टीमा उल्लेख गरी पारदर्शीरूपमा सेवा उपलब्ध गराउनुपर्ने तथा रातिको समयमा समेत आकस्मिक कक्षको सेवालाई गुणस्तरीय बनाउन एक्स–रे, भिडियो एक्स–रेलगायतका सेवा सञ्चालन गर्न माग गरिएको छ ।

त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले सेवा सुधार तथा विस्तारका लागि आफू प्रतिबद्ध भएको बताए । अस्पतालका मेसु डा थापाले आफूहरू आइसकेपछि सुधारका काम अघि बढेको र सबै पक्षको सुझाव र सहकार्य आवश्यक रहेको बताए । उनले अस्पतालमा सेवाग्राहीको चाप बढिरहेको उल्लेख गर्दै सोहीअनुसार जनशक्ति व्यवस्थापन र स्रोत व्यवस्थापनमा चुनौतीसमेत रहेको बताए ।

एमाले नगर अध्यक्ष ज्ञवालीले ओपिडी सेवामा भीडभाड बढेका कारण फरक–फरक ठाउँमा सेवा विस्तार गरी भीड कम गर्नुपर्ने, बिमा सुविधालाई व्यवस्थित गर्नुपर्ने, शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने, अस्पतालभित्रै ब्लड बैंकको स्थापना गरी सेवालाई प्रभावकारी बनाउनुपर्ने, अस्पताल समयमा चिकित्सकले बाहिरको निजी क्लिनिकमा समेत काम गरेको गुनासो आएका कारण त्यसको अन्त्य गर्नुपर्नेलगायतकाबारे ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?