Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

गरिबीले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : स्वास्थ्यमन्त्री बस्नेत


३१ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

ललितपुरको जावलाखेलस्थित आज (बुधबार) लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उनले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताएका हुन् ।

“मेरो लक्ष्य नेपालमा पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने हो, त्यसका लागि निश्चित कार्ययोजना र मापदण्ड बनाएर सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने अर्बौं रकमबाट गर्नुपर्छ भन्ने अभियान निरन्तर जारी रहनेछ, तपाईंहरुले साथ दिनुपर्ने छ, असल कामका लागि धेरै समर्थन प्राप्त हुन्छ, जस्तोसुकै अप्ठ्यारो अवस्था आए पनि त्यसलाई छिचोल्दै जानुपर्छ”, मन्त्री बस्नेतले भने।

संविधानले प्रदत्त गरेको हक र अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, “सबै अस्पतालले गरिब र असहायलाई उपचार गर्नु पर्छ, अस्पतालहरुले स्वीकृति लिने बेलैमा प्रदान गर्ने सम्पूर्ण उपचार सेवाको १० प्रतिशत न्यून आयस्तर भएका, गरिब र बेवारिसे बिरामीलाई उपचार गर्नुपर्छ भनेर सम्झौता गरेको भए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन, म आएपछि देशैभर सर्कुलर जारी गरेर यसलाई कार्यान्वयनमा ल्याउन जोड दिएको छु ।”

सोका लागि एउटा मापदण्ड बनाइएको र २२ जिल्लामा गरिबी तथा विपन्नताको कार्ड पाएका नागरिक रहेका तथा त्योभन्दा बाहेक जिल्लामा निर्वाचित वडाका जनप्रतिनिधिको सिफारिसमा गरिब तथा विपन्नता भएका व्यक्तिको उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराए । विपन्न जनताको निःशुल्क उपचार गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ ।

मन्त्री बस्नेतले महङ्गो उपचारबाट जनता पीडित भएको अवस्थामा उपचार नै गर्नु नपर्ने गरी नागरिकलाई सचेत बनाउन जरुरी भएको औँल्याए । उनले दिनको एक घण्टा शारीरिक व्यायामका लागि छुट्याउन आवश्यक छ भन्ने सचेतना जगाउन र उचित आहारका लागि ध्यान दिन प्रेरित गर्नुपर्नेमा जोड दिए ।

लाइफलाइन हेल्थ होम केयरका सञ्चालक समिति सदस्य समीर जोशीले होम केयरका रुपमा दुई वर्षदेखि सञ्चालनमा रहेको यस स्वास्थ्य संस्थाले पोलिक्लिनिकका रुपमा आठ महिनादेखि सेवा प्रदान गरिरहेको बताए । “हामीले ‘वेटर हेल्थ वेटर सोसाइटी’को नाराका साथ काठमाडौँ मेडिकल कलेजसँग सहकार्य गरेर देशैभर स्वास्थ शिविर सञ्चालन गरिरहेका छौँ, अहिले बागमती प्रदेशभर स्वास्थ शिविर सञ्चालन गरिरहेका छौँ, शिविरमा आएकामध्ये अप्रेसन गर्नुपर्नेलाई कलेजमा ५० प्रतिशत छुट हुने व्यवस्था मिलाएका छौँ”, उनले भने, “प्राइभेट संस्था भए पनि नाफामा केन्द्रीकृत भएका छैनौँ, नर्सिङ कलेजहरुसँग पनि सहकार्य गरेका छौँ, ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर न्यूनतम शुल्कमा सेवा पु¥याएका छौं ।”

विभिन्न सङ्घसंस्थाको सहयोग र काठमाडौँ मेडिकल कलेजसँगको प्राविधिक सहकार्यमा लाइफलाइन हेल्थ होम केयरले सञ्चालन गरेको बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा जनरल मेडिसिन, जनरल शल्यक्रिया, प्याथोलोजी, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक, कान, घाँटी, आँखा, इसिजी, भिडियो एक्स–रे, मधुमेह, युरिक एसिड लगायतका समस्यामा सेवा उपलब्ध हुने डा. विपु ढकालले जानकारी दिए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?