Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

‘मृगौलाको सबैभन्दा ठूलो पत्थरी’ निकाल्न श्रीलङ्काका चिकित्सक सफल


३१ जेष्ठ ,कोलम्बो । श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मृगौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार जनाएको छ ।

सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस) थियो, जुन औसत पुरुष मृगौलाको तौलभन्दा पाँच गुणा बढी थियो । कूञ्जको मृगौलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो ।

औसत मृगौला १० देखि १२ सेन्टिमिटर लामो हुन्छ । “जुन १ मा कोलम्बो आर्मी अस्पतालमा एक ठूलो शल्यक्रियामार्फत मृगौलामा रहेको अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो पत्थरी निकालिएको थियो,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कूञ्जले स्थानीय स्वर्णवाहिनी टिभीसँग कुरा गर्दै सन् २०२० देखि पेट दुखेको र मुखको औषधिले सहयोग नगरेको बताए । उनले भने, “हालैको स्क्यान (परिक्षण) पछि मलाई शल्यक्रिया गर्न भनिएको थियो । म अहिले सामान्य महसुस गरिरहेको छु ।”

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मृगौलाबाट ६२० ग्राम पत्थर जम्मा भएको रेकर्ड गरिएको थियो । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले मान्यता दिएपछि अधिकारीहरूले बुधबार उक्त खोजको घोषणा गरेका हुन् ।

“हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा पत्थरी निकालेपछि मृगौलाले सामान्य रुपमा काम गरिरहनु हो र यसमा हाम्रो टोली सफल भएको छ,” सेनाका सर्जन के. सुदर्शनले भन्नुभयो । मृगौलामा खनिज पदार्थ र लवण क्रिस्टलीकृत हुँदा रगतलाई फिल्टर गर्दा पत्थरी जम्मा हुन्छ । यदि पत्थरीहरू धेरै ठूलो छन् भने नियमित सकुलेसनमा कष्टदायी पीडा हुन सक्छ र तिनीहरू अड्किएका छन् भने शल्यक्रिया को आवश्यकता पर्दछ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?