Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चीनमा उपचार गरि स्वदेश फर्किए माओवादीका उपमहासचिव वर्षमान पुन


१ असार, काठमाडाैँ । वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित भएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका नेताहरुले स्वागत गरे ।

सो अवसरमा उपमहासचिव पुनले सबैको सद्भावले आफू पूर्णरुपमा स्वस्थ भएर स्वदेश फर्केको बताएका थपइ । वंशाणुगत जण्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि पूर्वमन्त्रीसमेत रहेका नेता पुन गत फागुन १ मा चीनको थर्ड पिपल्स अस्पताल गएका थिए ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?