१० ,श्रावण ,काठमाडौँ । डेङ्गुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए । उनका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गुका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३०
९ श्रावण, काठमाडाैँ । वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतलाका निर्देशक डा सन्तोष पौडेलका अनुसार उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहितको सुविधा छ । वीर अस्पतालको
९ श्रावण, तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्ति नबसेको भेटिएको छ । व्यास नगरपालिकाको सक्रियतामा सोमबार गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने
९ श्रावण, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा शुरू गरिएको छ । २ अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा शुरू गर्ने सहमति
८ श्रावण, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (सोमबार)देखि देशभरका औषधि पसलहरुको अनुगमन सुरु गरेको छ । औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही औषधि
८ श्रावण, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पेसमेकर प्रत्यारोपणका लागि गरिएको शल्यक्रियापछि चिकित्सकहरूले आइतबार उनको स्वास्थ्य अवस्था राम्रो रहेकोे जनाएका छन् । नेतन्याहूले मुटुको चाललाई नियमित राख्ने पेसमेकर प्रत्यारोपण गर्न लागेको शनिबार एक भिडियो सन्देशमार्फत् जानकारी गराएका थिए । उनले भने, “एक हप्ता अघि मैले एउटा मुटुको गतिविधि हेर्न
८ ,श्रावण ,इनरुवा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए । सय शय्या क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि
७ ,श्रावण ,खलङ्गा । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलामा हालसम्म एक हजार एक सय ६९ पशुचौपाया मरेका छन । लम्पी स्किनको सङ्क्रमण ३३ हजार तीन सय ३० पशुचौपायामा पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिए । उनका अनुसार दार्चुलाका नौवटा स्थानीय तहमा एक
७ श्रावण, चितवन । बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आठ करोड खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्य कार्यालयको
७ श्रावण, एजेन्सी । डेङ्गुको प्रकोप बढेपछि दिल्ली सरकारले एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेक औषधिहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ । सरकारले एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेकजस्ता केही औषधिको बिक्रीमा चिकित्सकको सल्लाहबिना प्रतिबन्ध लगाएको छ र ती औषधिले मानिसको रगतमा प्लेटलेट्स नष्ट गर्ने र डेङ्गुको प्रकोपकाबीच हानिकारक हुन सक्ने बताएको छ । डेङ्गु रोकथामका लागि