Trending
>>   विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी >>   यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन: प्रचण्ड >>   सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका तल्लीन छ : शङ्कर पोखरेल >>   काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल >>   सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ >>   भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने >>   करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल >>   उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता >>   ‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’ >>   पहाडी भू-भागका एक-दूई स्थानमा वर्षा र तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

५० हजार भन्दा बढी पशु मर्दा पनि ‘लम्पी स्किन’प्रति सरकार गम्भीर नबन्नु चिन्ताको विषय : नेता महर


१४ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताए।

‘साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्‍क छ। अवस्था यति भयावह हुँदा पनि सरकार गम्भीर बनेको छैन,’ उनले भने।

लम्पी स्किनको बारेमा सरकारले क्याबिनेटमा छलफल गरेरमात्र नहुँने बताउँदै उनले रोकथामका लागि एक्सन लिनुपर्ने बताए। ‘सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। हजारौ किसान मसस्यामा परेका छन्। किसानलाई सरकार भएको अनुभूति दिलाउनुपर्छ,’ महरले भने।

रोगको शीघ्र नियन्त्रण, पशु चौपायामा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी दिन पनि उनले सरकारसँग माग गरे। वर्षेनी मलको अभाव भोग्दै आएका किसानलाई यस पटक लम्पी स्किनले पनि थला पारेको नेता महरको भनाइ थियो।

देशभर नै चौपायामा यो रोगको संक्रमण फैलिएको र खोपको अप्रयाप्तता देखिएकोप्रति सरकार गम्भीर नदेखिएको भन्दै महरले चिन्ता व्यक्त गरेका छन्। पशुको मृत्यु हुनुका साथै रोगका कारण दूध उत्पादनमा कमी आएले मुलुकलाई करोडौको नोक्सानी पुगेको महरले बताए।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भएको बताउँदै नेता महरले किसानका समस्याप्रति कांग्रेस पनि जिम्मेवार र जवाफदेखि बन्नु पर्ने बताए। सरकारलाई दबाब दिन कांग्रेसबाट सरकारका सहभागी मन्त्रीहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

‘कांग्रेसप्रति जनताको ठूलो आसा छ। त्यसलाई निराशामा परिरण गर्नु हुँदैन। हाम्रै दलबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि किसानका समस्या समाधानमा सरकारलाई बढी जिम्मेवार बनाउनुपर्छ,’ उनले भने।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?