Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रधानमन्त्री दाहालको निर्देशन


१५ ,श्रावण ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएका छन् ।

नेपाल सरकारका मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग समसामयिक विषयमा बसेको हिजोको बैठकमा उनले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणकाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्देशन दिएका हुन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेवा प्रवाह, निर्माण हुन बाँकी कानुनहरु शीघ्र अगाडि बढाउने, राष्ट्रिय गौरवका एवं ठूला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

बैठकमा छलफलका क्रममा प्रधानमन्त्री दाहालले हालसम्म भएका गतिविधिहरुको जानकारी लिएका थिए ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?