Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित


१४ ,श्रावण ,भादगाउँ । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण भक्तपुरमा पाँच सय ८६ चौपाया मरेका छन् । जिल्लाका चार नगरपालिका मध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र तीन भैँसी गरी कूल पाँच सय १४ चौपाया मरेका छन् भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुरथिमि नगरपालिकामा १० पशुको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिकामा सबैभन्दा धेरै पशुपालन व्यवसाय रहेको छ । नगरभित्र ठूला ठूला डेरी सञ्चालनमा रहेकोले पनि यहाँ पशुपालन व्यवसाय फस्टाएको हो । अहिले लम्पी स्किनको महामारीले सबैभन्दा धेरै क्षती पनि चाँगुनारायणमा नै भएको नगरालिकाको पशु सेवा शाखा प्रमुख खड्ककुमार मैनालीले बताए । उनका अनुसार चाँगुनारायणमा अझै चार भैँसी र एक हजार १३२ गाई गरी एक हजार १३६ संक्रमति छन भने ५ हजार ६ सय पशु प्रभावित छन् ।

गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण बढेपछि चाँगुनारायण नगरपालिकाले एक हजार पाँच सय डोज खोप खरिद गरी गाईभैँसीलाई लगाएको मैनालीले बताए । लम्पी स्किनको सङ्क्रकण उच्च देखिएपछि त्यसको निराकरणका लागि बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालयबाट प्राप्त एक लाखबाट पशु चिकित्सक, औषधिसहितको प्राविधिक टोली प्रत्येक टोलको घर घर गएर निरीक्षण गर्नुका साथै खोप लगाइ दिएको उनले जानकारी दिए । “टोलीले पशुको स्वास्थ्य जाँच गरी आवश्यकताअनुसार भिटामिन, ज्वरोको औषधि, प्रोटिन दिइ खोप लगाउने कार्य गर्दै आइरहेको छ । खटिरा सरसफाइको लागि आवश्यक औषधि वितरण गरेको छ”, उनले भने ।

यसैगरी सूर्यविनायक नगरपालिकामा तीन सय ८५ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण देखिएको नगरपालिकाको पशुसेवा शाखा प्र्रमुख मिनल शाक्यले जानकारी दिए । उनका अनुसार सूर्यविनायकमा एक हजार आठ २५ गाईभैँसीलाई लम्पी स्किन सङ्क्रमण विरुद्धको खोप लगाइ सकेको छ । यहाँ सङ्क्रमित हुन नदिन पशुलाई मल्टी भिटामिन, पारा सिटामोल, गुल्कोज, घाउ सफा गर्न मलम र पाउडर वितरण गरेको उनले बताए ।

मध्यपुर थिमिमा एक सय पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएको र यसबाट प्रभावित पशुको सङ्ख्या सात सय पुगेको नगरपालिकाको पशुसेवा शाखाका प्रमुख थरकुमार थापाले बताए । मध्यपुर थिमिमा रहेको करिब एक हजार दुई सय पशुमध्ये एक हजार एक सय पशुलाई खोप लगाइएको उनले जानकारी दिए । सङ्क्रमण रोकथामका लागि पशु सेवा विज्ञ केन्द्र लगनखेलको प्राविधिक सहयोगका साथै औषधि कृषकलाई निःशुल्क वितरण गरिएको उनले बताए ।

पशुपालन क्षेत्रमा देखिएको रोगबारे कृषकलाई परामर्श तथा त्यसको रोकथामका उपाय विभिन्न माध्यमबाट जानकारी गराएको बताउँदै उनले पशुपालनले मानवीय स्वास्थ्यलाई मध्येनजर गरी रोग व्यवस्थापन गरी व्यवसाय सञ्चानल गर्न सचेतना अभियान थालेको जानकारी दिए । भक्तपुर नगरपालिकाको पशुसेवा शाखाका पशुसेवा प्राविधिक पार्वती योञ्जनले नगरभित्र एक वटा गाईमा लम्पी स्किनको सङ्क्रमण देखिएकोमा उपचार गरी निको पारिएको बताए ।

पशुमा देखिएको लम्पी स्किनको उपचारका लागि चारै नगरपालिकालाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयबाट नगद एक/एक लाख दिएको बताउँदै उनले सोही रकमले आवश्यक औषधि खरिद गरेको जानकारी दिए । लम्की स्किन लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन निकै घट्ने, छालामा गिर्खा देखिने, -याल सिँगान बस्ने स्ता लक्षण देखिन्छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?