Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

स्वाश्थ्य


आँखा अस्पतालमा बिरामीको भीड

२२ श्रावण, चितवन । आँखा पाक्ने संक्रमण फैलिएपछि चितवनको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको अस्पताल अन्तर्गतका

आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

२२ ,श्रावण ,भरतपुर । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय

आँखा पाक्ने रोगले धनुषाका विद्यालय धमाधम बन्द

२१ ,श्रावण ,धनुषा । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन

आँखा परीक्षण गराउने बढे

२१ श्रावण, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिए

बङ्गलादेशमा ६४ हजार डेङ्गुका बिरामी

२१ श्रावण, एजेन्सी । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन् । शनिबार थप १० जनाको मृत्यु भएको र  दुई  हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य

भिभिआइपी र भिआइपीको उपचारका लागि समिति गठन

२१ श्रावण, काठमाडाैँ । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो । समितिमा प्रा डा भगवान कोइराला, डा सन्दुक रुइत,

बिजलपुरामा प्रसूतिकक्ष सञ्चालन

२१ ,श्रावण ,महोत्तरी । महोत्तरीको उत्तरवर्ती बर्दिबास–१३ बिजलपुरामा प्रसूतिकक्ष तथा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले शनिबार ती स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् । आफ्नो बस्तीमा प्रसूतिकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि बर्दिबास–१२, १३ बिजलपुराका बासिन्दा खुशी भएका छन् । सानो–तिनो उपचारका लागि टाढा अस्पताल जानुपर्ने

शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना

२० ,श्रावण ,गलकोट । लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ । सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका

कसरी बच्ने आँखा पाक्ने रोगबाट ? यस्ता छन् चिकित्सकका सुझाव !

२० श्रावण, चितवन । चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी

बुकीमै पुगेर लम्पी स्किनको उपचार

२० श्रावण, बागलुङ । यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक

सम्वन्धित समाचारहरु