Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दैलेखमा चार वर्षदेखि थन्काइयो भेन्टिलेटर


२८ श्रावण, दैलेख । कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेखमा जटिल खालका बिरामीको उपचारका लागि सघन उपचार केन्द्रमा भेन्टिलेटर जडान गरियो ।

लाखौँ रकम खर्च गरी ल्याइएका पाँच आइसियु शय्यामध्ये दुई आइसियु अहिलेसम्म प्रयोगमा नआइ थन्किएका छन् । आइसियु र भेन्टिलेटर कक्षको व्यवस्था पछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका यहाँका नागरिक अहिले पनि जटिल खालका रोगको उपचार गर्न भने बाहिरी जिल्ला जानुपर्ने बाध्यतामा छन् । लाखौँ रकम खर्चेर ल्याइएको आइसियु र भेन्टिलेटर भौतिक संरचना तथा बजेट अभाव देखाउँदै चार वर्षदेखि थन्क्याइएको छ ।

तत्कालीन स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा नीरञ्जन पन्तका पालामा २०७७ वैशाखमा भेन्टिलेटर र आइसियुका लागि उपकरण खरिद गरिए पनि अहिलेसम्म प्रयोगमा नआइ थन्किएको हो । हाल स्वास्थ्य सेवा कार्यालयमा निमित्त स्वास्थ्य व्यवस्थापक डा धर्मराज रेग्मीले यही जनशक्तिले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने बताए ।

उनले भने, “यस कार्यालयमा सात विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको र दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । आफू पनि स्त्रीरोग विशेषज्ञ भएकाले सेवा लिन आउने महिलालाई बाहिर पठाउन परेको जानकारी दिनुभयो । हाल अस्पतालमा ६१ कर्मचारीको दरबन्दी रहेकामा २६ कर्मचारीको पद रिक्त छ । जिल्ला अस्पतालमा हाल कार्यरत नौ मेडिकल अधिकृतमध्ये दुईजना मात्र स्थायी रहेको जनाइएको छ । अन्य आठ जना मेडिकल अधिकृत छात्रवृत्ति र करारका रहेका निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले बताउनुभयो ।”

उनले भने,“स्वास्थ्य सेवा कार्यालयमा उपचार गर्न आउने अधिकांश बिरामी श्वासप्रश्वासको समस्याका हुन्छन् । हामीसँग भएको अक्सिजनको माध्यमबाट उपचार त गर्छौँ तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्तिको समस्या छ”

उक्त कार्यालयमा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आइए पनि जटिल खालका बिरामी भने प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुग्ने गरेका देखिन्छन् । प्रदेश सरकारमातहत जिल्ला अस्पतालले दिने सेवालगायत कुरामा नागरिकले प्रश्न उठाउँदै आएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?