Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अस्पतालबाट निःशुल्क सेवा लिन मन्त्री जोशीको अनुरोध


२८ श्रावण, काठमाडाैँ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरे ।

गत आर्थिक वर्ष २०७९/८० मा ती अस्पतालबाट सात लाख ५५ हजार २४ बिरामीले सेवा लिएका छन् । मन्त्री जोशीले भने, “अहिले गरिब र विपन्न नागरिकलाई निःशुल्क शय्या उपलब्ध गराएका छौँ भने आगामी दिनमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्दै जानेछौँ ।” प्रदेशका प्रयोगशालामा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै डेङ्गु परीक्षण निःशुल्क गरिएको जानकारी दिए ।

मन्त्री जोशीले प्रदेशभित्रका सिमान्तकृत, सबै आश्रममा रहेका व्यक्ति, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र स्वयम् सेविकालाई निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताए । उनले पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, उनीहरुलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापीको व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्री जोशीले भने, “कमजोर आर्थिक अवस्थाका कारण कसैको उपचार रोकिनु हुँदैन, प्रदेशका अन्य अस्पतालले १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्छ ।” निजी अस्पताललाई पनि यसअघिनै १० प्रतिशत शय्या निःशुल्क गर्न निर्देशन दिइसकिएको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?