Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

भदौ १ गतेबाट १३ वटा अस्पतालमा शय्या निःशुल्क उपलब्ध हुने


२९ श्रावण, काठमाडाैँ । बागमती प्रदेश सरकारले प्रदेश सरकार मातहतका अस्पतालहरुमा सामान्य शय्याहरू निःशुल्क गर्ने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले आगामी भदौ १ गतेबाट १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।

प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्री स्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एआईसीयू र आइसियु बाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय भएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । उनले मन्त्रालयको निर्णय अनुसार निःशुल्क शय्या उपलब्ध गराउन अस्पतालहरूलाई पत्रसहित निर्देशन गरिएको उनले बताए ।

उनले भने, यो निर्णयसँगै १३ वटा जिल्ला अस्पतालबाट नागरिकले ८११ वटा शय्याबाट निःशुल्क सेवा पाउने छन् । यस्तै प्रदेश मातहतको १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनर्स्थापना र फिजियोथेरापी सेवा निःशुल्क रूपमा उपलब्ध हुने भएको छ । प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा एकाइ अनिवार्य रूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ । उक्त निर्णयअनुसार सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालको शय्या निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिए । उनले सरकारले निःशुल्क गरेको सेवाहरू लिनलाई नागरिकलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?