Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

पूर्वतयारीका कारण डेङ्गी सङ्क्रमितको सङ्ख्या न्यून


२९ ,श्रावण ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समयमा नै डेङ्गी सङ्क्रण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतकोे तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ ।

गत वर्ष साउनको अन्तिम हुँदा दैनिक सङ्क्रमितहरुको सङ्ख्या १०/१५ जना हुन्थे यस वर्ष हालसम्म जम्मा २५/३० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार असारको पहिलो सातादेखि नै डेङ्गी रोग नियन्त्रण र फैलन नदिनका लागि जनचेतनामूलक कार्यक्रमसँगै लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेकाले विगतका वर्षमा भन्दा कम सङ्क्रमित भएका हुन् ।

समयमा नै पूर्वतयारीको कार्यक्रम मजबुत किसिमबाट गरिएको हुँदा त्यसबाट नियन्त्रणका लागि सहयोग पुगेको र संवेदनशील अवस्था नआएको प्रमुख पौडेलको भनाइ छ ।

कामपाले असारदेखि नै ३२ वटै वडा कार्यलयको नेतृत्वमा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

अहिले रोगको अवस्था सामान्य रहे पनि आवश्यक परे तयारी अवस्थामा रहेको भन्दै प्रमुख पौडेलले सङ्क्रमण देखिए वडा प्रवर्द्धन केन्द्रमार्फत सहज रुपमा सिटामोल र जीवनजल उपलब्ध गराइएको बताए ।

उनका अनुसार उक्त सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ ।

त्यसैगरी सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ–आफ्नो टोल–टोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता कार्य गरिरहेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?