२९ चैत ,सिन्धुली । गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ : ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी
२९ चैत ,खोटाङ । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा
२८ चैत ,काठमाडौँ । सैनिक कल्याण्कारी काेष भवन न्युराेडको गेट भत्किएको छ । मंगलबार उक्त भवनको गेट भत्किँदा एक जना घाइते समेत भएका छन् । गेट लगाउँदै गर्दा लक छुटिएर लाग्दा सुरक्षा गार्ड सख्त घाइते भएका छन् । घाइते सुरक्षा गार्डकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ । उनको अवस्था
२८ चैत ,काठमाडौँ । गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । यसअघि चैत
२८ चैत ,सुदूरपश्चिम । कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरवाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो । मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र लापरवाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा आज पूर्वपश्चिम राजमार्गको अत्तरिया
२८ चैत ,काठमाडौँ । न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको जानकारी दिए। श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि आज काठमाडौँ प्रहरीले पक्राउ गरी
२८ चैत ,बेदकोट । भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन् । उत्तराखण्डको हल्द्धानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए । भारतमा लुटपाटमा परेर गड्डाचौकी नाकामा बेखर्ची पुगेका सुर्खेत र जाजरकोटका ती नागरिकको इलाका प्रहरी कार्यालय गड्डाचौकीले उद्धार गरेको छ । “भारतमा लुटिएर बेहोस अवस्थामा
२८ चैत ,नुवाकोट । सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आउनुभएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहेका छन् । उनले गएको वर्षदेखि विदुर नगरपालिका–६ मा २० रोपनी जग्गा भाडामा लिएर तर्बुजा खेतीको सुरुआत गरेका थिए । जिल्लामा नगन्य मात्रामा हुने तर्बुजा खेतीलाई उनले व्यावसायिक
२८ चैत ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीमाथि आरोपपत्र दायर गरेको छ । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को
२८ चैत्र, काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र