३० ,कात्तिक ,काठमाडौँ । कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ । प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि कास्यपदक दिलाएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । सोसाइटी सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हँुदै आएको छ ।
काठमाडौं। विश्व शौचालय दिवस १९ नोभेम्बर नेपालमा पनि सरसफाईका मुद्धामा केन्द्रित रही मनाइने भएको छ । खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी एवम् गैरसरकारी संघसंस्था र नेपालस्थित अन्तराष्ट्रिय विकास निकायहरुले खानेपानी र सरसफाईको क्षेत्रमा संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासको लक्ष्यलाई सन २०३० मा हासिल गर्न सहयोेग पुर्याउने ढंगले विश्व
३० ,कात्तिक ,काठमाडौँ । युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपुजाको राती भएको आगजनीमा परेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । घाईतेहरुको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिन र उनीहरुलाई भेट्न मन्त्री बस्नेत बिहीबार किर्तिपुर बर्न अस्पताल पुगेका थिए । उर्लाबारीमा भएको आगजनीमा गरेर
प्युठान। सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ । प्युठान जिल्लाको प्युठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सास्कृतिक डल्ले सराय मेला २०८० उद्घाटन गर्दै उहाँले समाजमा देखिने दानवीकरण र अहंकारलाई अन्त्य
३० ,कात्तिक ,काठमाडौँ । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ । यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको
३० ,कात्तिक ,काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार श्रेष्ठको ८२ वर्षको उमेरमा उपचारका क्रममा गएराति नर्भिक अस्पतालमा निधन भएकामा पार्टीका तर्फबाट शोक प्रकट गरेका हुन् । नेपालको कम्युनिस्ट
३० ,कात्तिक ,अछाम । श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष
३० ,कात्तिक ,खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका
३० ,कात्तिक ,काठमाडौँ । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्यो । यस